लाङ्घाली जमघट्

"""""""""""""""""""""""अनुरोध"""""""""""""""
सम्पूर्ण लाफा ज्यूहरुमा बिनम्र अनुरोध गर्दछु कि आफ्नो परिचय. ,पहिचान .र जानकारीको .लागी उपनाम नभाई आफ्नो वास्तविक नाम उल्लेख गरि सक्कल फोटो सहित सदस्य बनी दिनुहुना अनुरोध गर्दछौ l इमान्दारी जिबनको सबै भन्दा ठुलो सफलता र सम्पति हो त्यसैले इमान्दार बनौ मानबताको अशल परिचय दिऊ !!!

Dear All Lapha...

This is your Magar Community platform where you can Meet and Share your Feelings, your Opinion and your Thought with your Magar Friends around the World...!!

Lapha,if you really Proud to be you are Magar then please lets move Hand together and make this "Langghali" really the Meeting Points of we are Magar.....!!!


 

मगरहरु बारे छोटो जानकारी!!!

जनसंख्याको आधारमा नेपालको तेस्रो ठूलो श्रेणीमा पर्ने मगर समुदाय नेपाली आदिवासी जनजातिहरुको हकमा भने प्रथम श्रेणीमा पर्दछ । सन् २००१ को जनगणना अनुसार मगरहरुको जनसंख्या १,६२२,६४१ रहेको थियो जस अनुसार नेपालको कुल जनसंख्याको ७.१४५ हुनपुग्छ यद्यपी मगरहरुको जनसंख्या योभन्दा पनि बढी हुनुपर्ने नेपाल मगर संघको दाबी छ । अधिकांश मगरहरु बिशेष गरी पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, सल्यान तिर बसोबास गरेको पाईन्छ । यस बाहेक अर्घाखाँची, रुपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ्ग, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर तिर पनि मगरहरुको बसोबास रहेको पाईन्छ । समग्रमा मगरहरु नेपालको हरेकजसो जिल्लामा धेर-थोर रुपमा छरिएर रहेका छन् । मगरहरुको पुख्र्यौली थलोलाई मगराँत भनिन्छ । नेपालको ईतिहाँस तर्फ नियाल्ने हो भने मगरहरुको पुर्ख्यौली भूमि बाह्र मगराँत र अठार मगराँत को तथ्य पनि पाउन सकिन्छ जसलाई हालमा आएर क्रमशः गण्डक क्षेत्र र कर्णाली क्षेत्र पनि भन्ने गरिन्छ । मगरहरुको आफ्नैभाषा छ जुन भोट-बर्मेली भाषा-परिवार अन्र्तगत पर्दछ । बिशेष गरी तीन थरीमा बर्गीकृत मगर ढुट, खाम र काईके भाषाहरु क्रमशः बाह्र मगराँत, अठार मगराँत र डोल्पातिरका मगरहरु अन्र्तगत चलनचल्तीमा रहेका छन् । त्यसैगरी आफ्नैबिशेष पहिरन, संस्कृति र परम्पराले पनि मगरहरुलाई बिशेष पहिचान दिलाएको छ । पुरुषहरुको बिशेष पहिरन भोटो-कछाडसागै निलो पटुकी र भाङ्ग्रा, शिरमा टोपी अनि महिलाहरुको बिशेष पहिरन मखमली चोली र घलेक, छिट्को गुन्यु, टिकिस, पहेंलो/निलो पटुकी, गलामा पहेंलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफुल अनि चन्द्र, कानमा माडवारी, नाकमा बुलाकी, आदिमा सजिएर लेकबेसीको उकाली-ओरालीसागै तादात्म्य साईनो गाँस्नु पनि मगरहरुको बिशेषता हो । अभैं बिशेष अवसर पारेर बेलामौकामा नाचिने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी, हुर्रा आदि लगायत सालैजो र यानीमाया भाकाले त झन् मगरहरुको छुट्टै पहिचान स्थापित गरिदिएको छ । अधिकांश मगरहरु गाई-भैंसी, भेडा-बाख्रा, सुागुर, कुखुरा आदि पाल्नुका साथै खेतीपाती पनि गर्ने गर्दछन् । गाउाघरतिर बिशेष गरी बुढापाकाहरुले डोको, मान्द्रो, स्यागु/घुम (घामपानीबाट ओत लाग्न बाँसको चोयाँ र ठूलो पातले बुनेर बनाईएको ओढ्ने बस्तु), आदि बनाउने गरेको पाईन्छ भने महिलाहरुले गुन्द्री, नाम्लो, चकटी, आदि बुन्ने गरेको पाईन्छ । खेतीपातीको बेला खेताला-परिमो तथा घरगोठ बनाउादा सघाऊ दिने चलन धेरै ठाउाहरुमा (बिशेषतः पाल्पा क्षेत्र) अभैंपनि व्याप्त रहेको पाईन्छ । बिहेवारीको सन्र्दभमा मगरहरुमा बिशेष गरी चेलीबेटीतर्फ (एकतर्फी) आफ्नो छोरीचेली दिने परम्परा रहेको छ । बिशेषतः साली (मामाकी छोरी) र भेनाको सम्बन्धलाई लिएर बिशेष चर्चा-परिचर्चा मगर समुदायमा ब्यापक सुन्नमा पाईन्छ तथापि अहिलेको नयाँ पिंढीमा भने यसको खासै महत्व दिईएको पाईदैन । मगर समुदायमा अर्को बिशेष महत्व भनेको बिहेवारी भएको महिलाहरुको हकमा पेवा (माईतीतर्फबाट पाएको छुट्टै निजी सम्पत्ति) रहेको हुन्छ जसमा केवल उसको मात्रै अधिकार रहेको हुन्छ । मगरहरु बिशेषतः प्रकृति पुजारी हुन् । अधिकांश मगरहरु हिन्दुकरण भएको पाईएता पनि यर्थाथता बौद्घ धर्मालम्वी भएको कुरा बिद्वान/बिशेषज्ञहरुको भनाई छ । मगरहरुमा खास गरेर भूमीपूजा गर्ने चलन रहेको छ जसको संरक्षण गर्नु परम् आवश्यकता देखिन्छ । मगरहरुमा मरणोपरान्त पनि अर्को जिवन भएको हुनुपर्छ भन्ने विश्वासले आफ्ना स्वर्गवासी पुर्वजहरुको लागि बिशेषत बाजी-बज्या पूजा गर्ने चलनचल्ती पनि रहेको पाईन्छ । बिभिन्न पुजाआजा गरिनेक्रममा भेजा परम्परा पनि प्रचलित छ जसले गर्दा आफ्नो समाजभित्रका सम्पूर्ण मगरहरु एकजुट भई समानरुपले आ-आफ्नो कार्यको बाँडफाँड गरी सामुहिक पुजाविधि सम्पन्न गर्ने गर्दछन् । आजको जस्तो आधुनिक अर्थात् बैज्ञानिक परिवेशमा पनि बिशेष गरेर लामा-धामी (झाँक्री) माथि ठूलो अन्धबिस्वास राख्नु मगरहरुको कमजोरी हो । मगरहरुमा बिशेषगरी लाहुरे (सैनिकमा भर्ती) हुने प्रवृति रहेको पाईएता पनि हालमा आएर अन्य पेशाहरु जस्तै अस्पताल, ईन्जिनियरिङ्ग, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, बिकास निर्माण, राजनैतिक आदि जस्ता क्षेत्रहरुमा पनि संलग्न रहेको पाईन्छ । यसै शिलशिलामा मगरहरु संसारमा विभिन्न देशहरुमा छोटो वा लामो समयदेखि छरिएर रहका पनि छन् । नेपाली ईतिहाँसको पानाहरु पल्टाएर हेर्ने हो भने मगराँत अन्र्तगत धेरै रोचक अनि गौरवमय तथ्यहरु भेट्न सकिन्छ । मगरहरु यो देशका शासकवर्ग पनि हुन् । तर समयको कालखण्डसागै मगरहरुको अस्तित्व हाल आएर शोषितवर्गमा परिणत हुनु दुर्भाग्य हो भन्दा फरक नपर्ला । मगर ईतिहाँस गौरवशाली भएतापनि हाल आएर शैक्षिक, आर्थिक, राजनैतिक जस्ता बिकासका हरेक क्षेत्रमा पिछडिनु समस्त मगर समुदायको लागि दुःखलाग्दो बिषय बनेको छ ।
We The Magar!!!

प्रसिद्ध लोकगायक :- खड्का गर्बुजा

 

........

<div style="background-color: none transparent;"><a href="http://www.rsspump.com/?web_widget/rss_ticker/news_widget" title="News Widget">News Widget</a></div>

मगर भाषाको केहि गीतहरु

 

Videos

  • Add Videos
  • View All
 

♥♥ हामी भौगलिकमा धेरै टाढा छौ तर आन्तरिक हिसावले आज धेरै नजिक छौँ ♥♥

Photobucket

 


----------------------------------------------------------------------------------------------------------------------

> लाङ्घाली ""नेपाली"" टाईम टेबल !!

Members

  • रामजी थापा मगर (गुर्छान मगर )
  • ♠♠ एम राना मगर ♠♠
  • keshab kumar  thapamagar
  • aditi thapa
  • pyarimagar
  • पुन म्याग्दी
  • suk saru mgar
  • Narendra jhakote magar
  • bhanza magar
  • til b. pun
  • Udaya Bahadur Ale
  • DaZeD n CoNfUsEd MGR
  • seetal rana (junu)
  • पूर्ण ब. थापा(सारुमगर)
  • योगेश  खप्तरी मगर
  • nar bahadur rana
  • hari Prasad Rana Magar
  • shreejang thapa magar
  • sanjay thapa magar
  • Milan Rana
  • hemant anjan
  • Dirga bahadur shreesh magar
  • hira sing पामी आले मगर
  • srijana rana
  • kumar ido
  • amrit gurung
  • bal bahadur saru magar
पाल्पाको चिदीपानी गाबिस धैरेनीस्थित नवाजाग्रित प्राथमिक बिधालयमा मगरभासाको पुस्तक पढ्दै एक छात्रा | यस बिधालयमा मगरभासाको पढाइ पछी बिधार्थी नियमित छन् |

 

उद्देस्य

देश बिदेशमा छरिएर रहनु भएका मगर समुदायलाई एक आपसमा भावनात्मक सम्बन्धमा जोडने चाहना अनुरुप यो एउटा सानो प्रयासमा सम्पूर्ण मगर समुदाय तथा शुभ चिन्ताक साथीहरुलाई यस नेटवोर्क सञ्जालको लङ्घाली जमघटमा हार्दिक स्वागत गर्दछु । यस मार्फत हाम्रो समुदायको लोप हुना लागेको आफ्नो सस्कृतिलाई एक आपसको सर सहयोगमा पाए सम्मको सामाग्रीहरु राखेर आफ्नो समुदायको पहिचानलाई जगेर्ना गर्ने ठुलो टेवा पुग्नेछ भन्ने मैले बिश्वास लिएकोछु । यो लङ्घाली जमघट एक बिशुद्दा सामाजिक नेटवोर्क सञ्जाल हो । यसमा कुनै पनि सरकारी तथा गैर सरकारी संघ संस्था र राजनिती प्रति यसको कुनै पनि सङ्लग्त र सरोकार छैन । यो एउटा बिशुद्द नेटवोर्क सञ्जाल केवल मगर समुदायलाई लक्षित गरी खोलिएको सामुहिक नेटवोर्क हो । यसर्थ एक आपसमा हरेक बिषयहरुको बहस त गर्न सक्नु हुन्छ तर यसलाई एउटा ब्यापारीक तथा राजनैतीक थलो बनाउनलाई बन्देज गरिएकोछ । यसको मुख्या उद्देश्य भनेको मगर समुदायमा मौलिकता बोकेको आफ्नै मगर संस्कार्,परम्परा र रितिरिवाजको खोज बिश्लेशण गरी हरेक मगर दाजुभाई दिदी बाहिनिहरुमा पहिचान गराउनु रहेकोछ । मगर समुदायका दाजुभाई,दिदी बहिनिहरु बिचमा दुख सुख एक आपसमा बाड्न सकियोस् साथै हाम्रो मगर समाज भित्र देखिएको अन्यौल समस्या र समाधानको बारेमा एक आपसमा छलफल गर्न सकियोस भन्ने हेतुले यो लङ्घाली जमघट तपाईंहरु माझ प्रस्तुत गरेकोछु ।यस लङ्घाली जमघट मार्फत एक आपसमा परिचय गरी मित्रताको दिगो सम्बन्ध कायम गरी हाम्रो जातिको लोपोन्मुख हुना लागेको आफ्नो पृश्ठ्भुमि, कलासंस्कृती र रहनसहनको बारेमा आफुले जानेबुझे सम्मका बिषयबस्तु तथा सन्दर्भ सामाग्रीहरु एक आपसमा साटासाट गरी आम नेपालीमा आफ्नो जतियातको पहिचन गराउने एउटा बृहत टेवा मिल्ने आशा मैले लिएकोछु ।त्यसैले स्वागत छ, सम्पूर्ण लङ्घाली समुदायहरुलाई हामी काधमा काध मिलाएर आफ्नो समुदायको पहिचान गराउने एउटा मार्गको निर्माण गरौ ।जसले गर्दा भबिस्यमा आउने हाम्रा सन्ततिले आफ्नो जातिको पृश्ठभुमी, कलासंस्कृती र रितिरिवज सजिलै सँग सिक्ने र जान्ने मौका पाउन ।यो हाम्रो संस्कार तपाईं हामी आँफैले कमाएको नभएर हामीले हाम्रा पुर्खाहरु मार्फत प्राप्त गरेका हौ र यसलाई हामीले जगेर्ना गरी हाम्रो भावी सन्ततिलाई सुम्पिनु पर्दछ । धन्यवाद !!!! देव मगर

 

Image and video hosting by TinyPic
Image and video hosting by TinyPic

Photos

Loading…
  • Add Photos
  • View All

Events

Latest Activity

Profile IconProfile Icon
Profile Icon
पुन म्याग्दी updated their profile 5 hours ago
Profile Icon
पुन म्याग्दी left a comment for seetal rana (junu)
Happy birth day junu
17 hours ago
Profile Icon
Profile Icon
Profile Icon
Udaya Bahadur Ale is now a member of लाङ्घाली जमघट् 19 hours ago
Profile Icon
hari Prasad Rana Magar left a comment for pyarimagar
nice pic!
yesterday
Profile Icon
sanjay thapa magar updated their profile Saturday
Profile Icon
sanjay thapa magar liked sanjay thapa magar's profile
Thumbnail
Saturday
Profile Icon
suk saru mgar is now a member of लाङ्घाली जमघट् Saturday
Profile IconProfile Icon
srijana rana and पुन म्याग्दी are now friends Saturday
Profile IconProfile Icon
pyarimagar and hari Prasad Rana Magar are now friends Saturday

लाफाहरुको भ्रमण संख्या (24th August 2009)

Music

 
 
 

दैनिकि पत्रिका पढ्नुहोस

................................................

नेपाली टिभी हेर्नुहोस.

 

अनलाई रेडीयोहरु सुन्नुहोस

-

My Blog

बिबिध

याहु म्यासेन्जर मा आउनुहोस

लाङ्घाली जमघट लाङ्घाली जमघट

Create Your Badge

Langghali  Rule & Regulation!!!!

 

१. तपाईंलाई आफुबाट सिर्जना गरिएका कुनै पनि लेख,रचनाहरु लेख्नु र पोस्ट गर्नुछ भने Blogs भन्ने ठाउँमा क्लिक गर्नुहोस् र त्यसै सेक्सन अन्तर्गत Add Blogs भन्ने ठाउँमा फेरी क्लिक गरी आफ्नो लेख, रचना पोस्ट गर्नुहोस् साथै अरुले (Thirt-party ) ले लेखेको कुनै लेख, रचनाहरु यस लाङ्घालीमा पोस्ट गर्न चाहनुहुन्छ भने तपाईंले त्यो लेख र रचना कहाँबाट लिएको हो भनेर स्रोत र संभार खुलाउनु होस् ।

२. तपाईंलाई आफ्नो मनमा लागेका मगरसँग सरोकार राख्ने कुनै पनि प्रश्न वा जिज्ञासा छ र अरु सदस्यहरु सँग राख्न चाहनुहुन्छ भने Forum सेक्सन अन्तर्गत Add Forum मा क्लिक गरी पोस्ट गर्ने गर्नुहोस् ।

३. तपाईंलाई आफ्नो ग्रुप बनाउन चाहनुहुन्छ भने Groups सेक्शनमा क्लिक गर्नुहोस् र आफुलाई मन परेको नामबाट ग्रुप बनाउनुहोस् ।तर ग्रुप बनाउदा साथीभाई र गाउँ समाज सबैलाई सर्थक र अर्थपूर्ण भएको हुनुपर्छ । जस्तै कि हाम्रो सदस्य लाफा पुन माया मगरको "मगर समुदायको चौतारी" !!!!

४. तपाईंले फोटो र भिडियो पोस्ट गर्दा सकेसम्म हरेक वर्गलाई पच्य हुने र मगर समाजलाई सुहाउने खाल्को साथै मध्यपान र धुम्रपान रहित फोटो र भिडियोमात्र पोस्ट गर्नुहोस् ।तपाईंले पोस्ट गर्नु भएको फोटो र भिडियोमा यस्तो प्रकारको भेटिएमा बिना जानकारी स्वत हटाईनेछ ।

५. तपाईं लाङ्घाली जमघटमा प्रबेश गर्दा कुनै सदस्यले नराम्रो कृयाकलाप र अनैतीक शब्द प्रयोग गरेको पाएमा वा मगर समुदयाहरुलाई थेस पुग्ने कुनै प्रकारको लेख्, रचना लेखी पोस्ट गरेको भेटेमा तपाईंले वहाँलाई सम्झाउने प्रयास गर्नुहोला । वहाँ पनि स्वयम मगर समुदयाको एक जिम्मेवारी सदस्य हो भनि एसहास दिलाउनुहोस् ।यदि तपाईंले सम्झाउदा पनि व्यवस्ता गरेमा वहाँसँग सम्बन्धित सम्पूर्ण विवरण लेखी लाङ्घाली टिमलाई langghalijamghat@yahoo।com मा जानकारी गराउनुहोस् ।

६. तपाईं लाङ्घाली जमघटमा नयाँ सदस्य बनी सकेपछि तुरुन्तै तपाईंको एकाउन्ट एक्टिभ भएको छैन भने दुख नमान्नु होस् र ढुक्कासँग प्रतिक्षा गर्नुहोस् । तपाईंको एकाउन्ट लाङ्घाली टिमको सन्चलाक सदस्यबाट Approval गरे पछि तपाईंको एकाउन्ट् Activate हुनेछ र यसको सुचना तपाईंले आफ्नो ईमेलमा प्राप्त गर्नेछ ।

७. तपाईं लाङ्घाली जमघटको सदस्य बनी सकेपछि कृपया आफ्नो परिचय, पहिचान र जानकारीको लागि वस्ताविक नाम र ठेगान उल्लेख गरी सक्कली फोटो सहित सदस्य बन्नुहोस् ।इमान्दारी जिवनको सबैभन्दा ठुलो सफलता र सम्पती हो ।त्यसैले इमान्दार बनौ मानवताको असल परिचय दिउ!

८. लाङ्घाली जमघटमा सदस्य बन्नको लागि कुनै पनि लिङ्ग वा उमेरको हद तोकिएको छैन ।मगर समुदया सँग सरोकार राख्ने जो कोही मगर साथीहरु सदस्य बन्न सक्नुहुनेछ । नन मगरको हकमा चाँही वहाँहरु पनि छीमेकी पहुनाको हैसियातले एउटा प्रवेक्षकको रुपमा सदस्य बन्न सक्नुहुनेछ ।तर वहाँहरुबाट मगर समाज र मगर समुदया प्रती आघात हुने कृयाकलाप गरेको पाएमा बिना सुचना लाङ्घाली सदस्यताबाट निलम्वन (सस्पेन्डेड) गरिनेछ ।  

लाङ्घाली टिम परिवार

 

Dear All Lapha...

With due respect,i would like to Mention all of you.this Langghali Social Network is Payable but Nonprofitable Magar Social Network.Specially Devoted to our Magar Community without any Charge or any Donation Fund from our joining Members...!!!

संस्कार भनेको जातिगत वंशगत भएको हुनाले यसलाई छोड्नु नै आफ्नो जाती र वंशलाइ छोड्नु सरह हो । त्यसकारण आफ्नो संस्कार संस्कृति नै हाम्रो पहिचान र चिनारी हो । ------------

आफ्नो जाति,धर्म्,सस्कृति र परम्परालाई पहिचान गर्ने थलोको रुपमा यो """लाङ्घाली जमघट्""" तपाईंहरु समक्ष समर्पित गर्दछु!!!

© 2012   Created by देव सिंह झेंडी मगर.   Powered by .

Badges  |  Report an Issue  |  Terms of Service

<div style="background-color: none transparent;"><a href="http://www.rsspump.com/?web_widget/rss_ticker/news_widget" title="News Widget">News Widget</a></div>